क)के ख्रीष्टियन धर्म मान्ने हरु हुन् ?
-प्राचीन इतिहासमा हामिलाई धार्मिक समुदायको रुपमा चिन्ने र चिनाउने काम गैर-ख्रीष्टियनहरुबाट भयो,अर्थात "ख्रीष्टियन"नाम हामिले चाहेर होइन,अन्य धर्मलम्वी हरुले नै राखिदिए(प्रेरित ११:२६)।हामिलाई अरु मानिसहरुले धार्मिक समुदायको रुपमा चिनाइदिए पनि हामी धर्म
मान्नेहरु होइनौं।बरु हामी येशुलाई मान्ने हरु होउ जस्ले मानिसको ह्र्दय र जीवन परिवर्तन गर्नुहुन्छ। तसर्थ,यो धर्म होइन,बिश्वास हो।
---------धर्म र सिद्धान्तलाई स्वदेशी वा बिदेशी भन्न मिल्दैन।बुद्ध धर्म नेपालमा शुरु भएको हो तर जापान ,थाइल्यान्ड ,कम्बोडिया ,भियतनाम ,दक्षीण कोरिया जस्ता देशहरुम व्याप्त छन् ।त्यहाका बौद्धमार्गी हरुलाई कसैले बिदेशी धर्म मानेको आरोप लाएको हामिलाई थाहा छैन ।नेपालमा
ख्रीष्टियन बिश्वास लाई बिदेशी धर्म को परिभाषा दिनु चाहिँ हामिप्रती वितृष्णा जगाइदिने खेल हो।
-----धेरै बर्ष अघि अगमबाणी गरिएअनुसार,संसारका सम्पुर्ण
मानवजातिलाई पाप बाट मुक्ति दिन को लागि पर्मेश्वोर मानव भएर विश्वको मध्य भाग हम्रै एसिया महादेशको इस्राएल मा जन्मानु भयो।पाप बाट बचाउने
अभियान पृथ्वी को मध्य भाग बाट फैल्याउने पर्मेश्वोरको योजना हो।
यसलाई पश्चिमी देशको अधिकंश संस्काररहित समाजले येशूलाई
अंगाले पछि नयाँ र उत्तर संस्कार बसाल्न सफल भए र तिनिहरु बाट अरु महादेशमा सुसमाचार फैलियो।एसियामा नै शुरु भएको ख्रीष्टियन बिस्वासलाई स्वदेशी वा बिदेशी नामाकरण गर्नु को अर्थ कसैले पनि येशूलाई बिस्वास नगरोस् भन्ने मनसाय भएको मानिसहरुले गरेका भ्रमको खेती मात्रा हो।
आमेन
ReplyDeleteआमेन
ReplyDelete