जय मसिह! को अर्थ! के हो?
.....
...............जयमशिह!
"सम्पुर्ण इशाई दाजुभाई तथा दिदीबहिनीहरुले एक अर्कामा अभिबादन गर्ने क्रममा "जय मसीह" भन्ने शब्दलाई प्रयोग गर्दछौ।"जय मसीह भनेर अभिबादन गर्ने कामको शुरुवात कस्ले,कहाँबाट र कहिले गरिएको भन्ने यथार्थ विबरण नभए पनि जय र मसीह यी दूई शब्दहरु पबित्र बाइबलमा उल्लेखित शब्दहरु हुन।
तर,
प्रायः इशाईहरुले "मसीह"को "ह"शब्दलाई हटाएर "जय मसि","जय मिसी","जय मोसी"जस्ता शब्दहरु प्रयोग गरेर एक अर्कामा अभिबादन आदान प्रदान गरेको पाउछौ।
लेखेर एक अर्कालाई म्यासेज गर्दा अभिबादन गर्ने क्रममा रोमन टाइपिंङ्गमा त झन jmc,JMC जस्ता शब्दहरु प्रयोग गरिएको पाउछौ।
यसरी म्यासेज गर्नु हुनेले "जय मसीह" नै भनेको हो तर Shortcut(छोटकारी)मा "जय मसीह" भन्न खोजेको हो भन्ने अभिब्यक्ति दिनु हुन्छ।
हो हामीले भन्न खोजेको त "जय मसीह"नै हो तर के तपाई र हामीले "मसीह" को नाम लाई एक सेकेण्ड समय दिएर "मसीह" नै लेख्न सकिदैन र ? अबश्य सकिन्छ।यसरी "जय मसीह/Jaya Masiha" लेख्दा हाम्रो "महीस"को आदर र सम्मान हुन्छ।
"ल हेर्नुहोस
JMC को अर्थ (Jaya Masiha/जय मसीह) नै हो भन्नेहरुले,
JMC/jmc को अर्थ यस्तो पनि हुन्छ भन्ने बुझ्नु आबश्यक छ।
J= जड्याहा
M= मतवाला
C= ख्रीष्टियन
पबित्र बाइबलमा "जय"भन्ने शब्द बिशेष गरी भजनसंग्रहको पुस्तकको धेरै अध्यायहरुमा पाइन्छ। "जय" शब्दको अर्थ बिजय,सफलता,तारीफ़,उच्च,आदर योग्य,सम्मान योग्य,प्रशंसा योग्य आदि जस्ता हुन्छन।
"मसीह"शब्द हिब्रू शब्द हो।जसको अर्थ हुन्छ,अभिषिक्त जन अर्थात अभिषेक गरिएको ब्याक्ति।नेपाली बाइबलमा हामी यूहन्नाको पुस्तकमा यो शब्द पाउछौ।
मसीह=हिब्रू भाषामा
ख्रीष्ट=ग्रीक भाषामा
येशू=नेपाली भाषामा
जीसस=अंग्रेजी भाषामा
इशा=अरबी र संस्कृती भाषामा
"यी सबै नाउँको अर्थ अभिषिक्त जन अर्थात अभिषेक गरिएको ब्यक्ति भन्ने हुन्छ।उहाँ पबित्र आत्मा द्वारा कन्या मरियमको गर्भबाट जन्मनु भई सारा संसारको पापको प्रायश्चित स्वरुप निर्दोष थुमा भएर बलिदान हुनुहुने परमेश्वरको पुत्र हुनुहुन्छ।उहाँ सृष्टिकर्ता, जीबनदाता,मुक्तिदाता,उद्धारकर्ता हुनुहुन्छ।
पबित्र बाइबल बाट "जय" र "मसीह शब्द" प्रयोग भएको केहि बचनहरु तपाईहरु समक्ष राख्न चाहन्छु।
"पबित्र बाइबलमा"जय" शब्दको प्रयोग भएका केहि बचनहरु:-
भजनसंग्रह ६६:१
--------------------
हे सारा पृथ्वी,आनन्दसाथ परमेश्वरको "जयजय"गर।
भजनसंग्रह ९४:४
--------------------
हे सारा पृथ्वी,आनन्दसँग परमप्रभुको जयजयकार गर,भजनद्वारा उहाँको "जय"घोषणा गर।
भजनसंग्रह १७१:१
----------------------
हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।
"पवित्र बाइबलमा "मसीह" शब्द उल्लेखित बचनहरु:-
यूहन्ना १:४०-४१
--------------------
"यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए,र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।”
यूहन्ना ४:२५-२६
---------------------
"त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”येशूले तिनलाई भन्नुभयो,“तिमीसँग बोल्ने,म उही हुँ।”
त्यसैले हामी "मसीह" लाई बिश्वास गर्नेहरुले "मसीह"को जय भनेका छौ की मसि/मोसी/मिसी/ को जय भनेका छौ ? यो गम्भीर कुरा हो।
"जय मसीह" भन्दा मुक्ति,उद्धार,अनन्त जीबन पाउने र स्वर्ग जाने "जय मसि/मोसी/मिसी" भन्दा नर्क जाने होर ??? भन्ने कुरा तपाईको मनमा उठेको छ भने प्रियहरु हामी सबैलाई मुक्ति दिनु हुने, उद्धार गर्नु हुने र अनन्त जीबन दिनु हुने उहाँ "मसीहा"हुनुहुन्छ।उहाँ कुनै काजगमा लेख्न प्रयोग हुने कलम र डटपेनको मसि होईन
उहाँको नाउँलाई पबित्र बाइबलमा जसरी प्रयोग गरिएको छ ।त्यसरी नै हामीले प्रयोग गर्नु पर्छ चाहे बोल्दा होस वा लेख्दा। यो,उहाँ(मसीहा) का मण्डलीको कर्तब्य हो।
हल्लेलुयाह!

Comments
Post a Comment