येशु संसारमा किन आउनु भयो ? Why Jesus came into the world ?


१ तिमोथी १:१५
१५.यो वचन हरप्रकारले ग्रहणयोग्‍य छ, कि पापी
हरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनु
भयो, र पापीहरूमा म सबैभन्‍दा मुख्‍य हुँ।

मर्कुस २:१७
१७.यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो।निरोगी
हरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र 
पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई 
बोलाउन आएको हुँ।
    
लूका १९:१०
१०.किनभने मानिसको पुत्र हराएकालाई 
खोज्‍न र बचाउन आएको हो।

मत्ती २०:२८
२८.जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई 
होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल 
स्‍वरूप आफ्‍नो प्राण दिन आयो।

यूहन्ना १८:३७
३७. पिलातसले उहाँलाई सोधे के तिमी राजा नै हौ 
त ? येशूले जवाफ दिनुभयो,  “म राजा हुँ भनी तपाईं 
नै भन्‍नुहुन्‍छ। यसैको निम्‍ति म जन्‍मेको हुँ, र यसैको 
निम्‍ति सत्‍यको गवाही दिन म यस संसारमा आएको 
हुँ। प्रत्‍येक जो सत्‍यको पक्षमा छ, त्‍यसले मेरो सोर 
सुन्‍छ।

यूहन्ना ६:३८
३८.आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लि
आएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा 
पूरा गर्नलाई आएको हुँ।

यूहन्ना १२:४६
४६.म संसारमा ज्‍योति भएर आएको छु, ताकि 
म माथि विश्‍वास गर्ने अन्‍धकारमा नरहोस्‌।

यूहन्ना १०:१०
१०.चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। 
म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त 
मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

यूहन्ना ९:३९
३९.अनि येशूले भन्‍नुभयो।म न्‍यायको लागि यस 
संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरू
चाहिँ अन्‍धा होऊन्‌।

मर्कुस १:३८
३८.तब उहाँले तिनीहरूलाई भन्‍नुभयो।आओ, 
हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र 
त्‍यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको 
निम्‍ति म आएको हुँ।

यूहन्ना १२:२७
२७.अब मेरो प्राण व्‍याकुल भएको छ, र म के भनूँ? 
‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्‌’? होइन, 
यसै कारणले नै म यस घड़ीसम्‍म आइपुगेको छु।

मत्ती ५:१७
१७.व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म 
आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा 
गर्न आएँ।

मत्ती १०:३४-३५
३४. “म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी 
नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई 
म आएको हुँ।
३५.किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, 
र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई 
उसकी सासूको विरुद्ध गराउन आएँ।

१ यूहन्ना ४:१०
१०. प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम 
गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र 
हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र 
पठाउनुभयो।

यूहन्ना २०:२१
२१. तब येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, 
तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई 
पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई 
पठाउँदछु।

यूहन्ना ३:१६-१८
१६.किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नु
भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो।ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर 
त्‍यसले अनन्‍त जीवन पाओस्‌।
१७.किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन 
भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार 
उहाँ द्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।
१८. जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी 
ठहरिँदैन, तर विश्‍वास नगर्ने चाहिँ अघि नै दोषी 
ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र 
पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

प्रेरित ३:२६
२६.तपाईंहरू हरेकलाई आफ्‍नो दुष्‍टताबाट फर्काएर 
तपाईंहरूलाई आशिष्‌ दिन भनी परमेश्‍वरले आफ्‍ना 
सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ 
पठाउनुभयो।

गलाती ४:४-५
४. तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्र
लाई पठाउनुभयो। उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, 
तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो।
५.व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई मोल तिरेर 
छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको 
पूरा हक प्राप्‍त गर्न सकौं।

रोमी ८:३-४
३. पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले 
व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो,अर्थात्‌ 
उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा 
पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई 
शरीरमा नै दण्‍ड दिनुभयो,
४. यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता 
हामीमा पूर्ण होस्‌, हामी जो पापमय स्‍वभावअनुसार 
होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।

Comments

Post a Comment

Popular posts from this blog

PYAR TOH ANDHA LYRIC WITH CHORD

सारङ्गी मादल बजाऊ जीवन येशूमा सजाऊ ( nepali christian song